हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार « Khabarhub

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीको घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि अवस्था जटिल बनेको थियो । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार सुर्खेत ल्याइएको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले जानकारी दिए ।

त्यस्तै, कालीकोटको पलाँता गाउँपालिका थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई पनि जटिल अवस्थाका कारण हवाई उद्धार गरिएको हो । शनिबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मान्म पुर्‍याइएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका डा. शुभनारायण ठाकुरले बताए ।

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार अप्सरा शाहीको गर्भमै रहेको शिशुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि आईसीयु सेवा आवश्यक ठहर गर्दै सुर्खेत पठाइएको हो ।

दुवै सुत्केरी महिलाको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण