प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग « Khabarhub

प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन् ।

ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य, विजय वाग्लेलगायत स्थानीयले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा भएको उल्लेख गर्दै न्यायोचित क्षतिपूर्तिको माग गरेका छन् । 

‘हाम्रो सम्पत्ति त्यही जग्गा हो, अरु केही छैन । पहिल्यै जग्गा रोक्का भएको रहेछ, पछि मात्रै थाहा पायौँ’, पण्डितले भने। प्रसारण लाइनको तार घरमाथिबाट लैजाँदा जोखिम बढ्ने भएकाले टावरको स्थान अन्यत्र सार्न उनले आग्रह गरे।

स्थानीय वाग्लेले आफूहरूलाई पर्याप्त जानकारी नदिई प्रक्रिया अघि बढाइएकामा गुनासो गर्दै प्रभावित क्षेत्रका बासिन्दासँग समन्वय नगरी काम अगाडि बढाउँदा अन्योल सिर्जना भएको बताए। उनले पारदर्शी ढङ्गले मूल्यांकन गरी उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरे। 

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले मुआब्जा निर्धारणको प्रक्रिया बाँकी रहेको जनाउँदै प्रभावित जग्गाको विवरणका आधारमा मुआब्जा निर्धारण गरी वितरण गरिने बताए। 

आयोजना प्रमुख जगदीश पौडेलले आयोजनाको काममा ढिलाइ हुँदा निर्माण व्यवसायीले समेत क्षतिपूर्ति माग गर्न थालेका बताउँदै समयमा काम सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेकामा जोड दिए। 

व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले स्थानीयबाट गुनासोसहितको निवेदन प्राप्त भएको जानकारी दिँदै माग सम्बोधनका लागि आवश्यक पहल गरिने बताए।

‘स्थानीयको चासो र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्छौँ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार आयोजना प्रभावित क्षेत्रबाट गुनासो आएकाले हाल प्रभावितको विवरण संकलन भइरहेको छ । ‘पहिलो चरणमा टावर निर्माण सुरु गर्ने तयारी भएको छ । मुआब्जा सम्बन्धमा उचित मूल्यांकन गरी जानकारी दिनेछौँ’, उनले भने।

जर्मनी सरकारको केएफडब्लु विकास बैङ्कमार्फत सहवित्तपोषित परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबलसर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सबस्टेसन स्थापना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने, तनहुँ जलविद्युत् आयोजनालगायत जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्ने विश्वास सरोकार भएकाहरूले लिएका छन् ।
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : २४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष