देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ « Khabarhub

देउवा समूहको भेला, नेताहरूले भने : अब अलग्गै पार्टी बनाएर अघि बढौँ


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह बिलखबन्दमा परेको छ।

उक्त समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको अवस्थामा सर्वोच्चले शुक्रबार गगनको नेतृत्वलाई नै आधिकारिकताको अन्तिम टुंगो दिएको हो ।

गगनले मान्यता पाएसँगै हाल हङकङमा रहेर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा सक्रिय गराएका देउवाको राजनीतिक करिअरको पनि अब करिब पूर्णविराम लागेको छ।

कांग्रेसका नाममा वक्तव्य निकाल्ने कानुनी हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएपछि आइतबार धुम्बाराहीको स्मार्ट प्यालेसमा उपत्यकामा उपलब्ध नेताहरूबीच भेला आयोजना गरेको थियो ।

राजनीतिक र कानुनी दुवै हैसियत गुमाएर समूहमा परिणत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाएको यो समूहको बैठकमा अलग्गै पार्टी बनाएर जानुपर्ने कुरा उठेको छ।

बैठकमा सहभागी एकजना निवर्तमान केन्द्रीय सदस्यले खबरहबलाई बताएअनुसार करिब आधा दर्जन नेताहरूले अब अलग्गै पार्टी बनाएर जानुपर्ने विकल्प पनि सुझाएका हुन् ।

बैठकमा नेताहरू शिवप्रसाद हुमागाईं, कुन्दनराज काफ्ले, वीरबहादुर बलायर र गुरू बरालसहितका नेताहरूले अब नयाँ पार्टीको तयारीबारे पनि सोच्चुपर्ने बताएको ती नेताले उल्लेख गरे।

‘अलग्गै पार्टी बनाएर जानुपर्ने विषयमा केही नेताहरूले धारणा राख्नु भएको छ’, ती नेताले भने, ‘यदि सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई सम्मानजनक हैसियत दिने अवस्था नरहे त्यहाँ बसिरहनु उचित नहुने उहाँहरूको ठहर थियो ।’

के भन्छन् कुन्दन काफ्ले ?

उक्त बैठकमा आफ्नो धारणा राखेका निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले अब सर्वोच्चले फैसला दिएको अवस्थामा सम्मानजनक एकता हुनुपर्ने बताए ।

‘पार्टी एकता सम्मानजनक हुनुपर्छ। कसैलाई पाखा र कसैलाई काखा गरेर हुँदैन । विशेष महाधवेशनमा नजानेहरूको पनि सम्मानजनक अवस्था बनाउनुपर्छ’, उनले बैठकमा आफ्ना भनाइबारे खबहबलाई भने, ‘हामी स्वतन्त्रका लागि लडेको पार्टीका नेता-कार्यकर्ता हौँ। स्वाभिमानका लागि लडेका हौँ । हाम्रो प्राथमिकता पार्टी एकता हो । एकताका लागि सबैभन्दा लचक सानेपा हुनुपर्छ ।’

काफ्लेले यो भेला नेताहरूको सुझाव सुन्न आयोजित गरिएको पनि बताए । ‘सर्वोच्चको फैसलासँगै पार्टीमा नयाँ अवस्था विकास भएको छ। त्यसैले उपत्यकामा रहेकाहरूको सुझाव सुन्न भेला गरिएको हो’, उनले भने, ‘यो भेलामा बोल्नेहरूले विशेष महाधिवेशनमा नगएका साथीहरू अलमलमा परेकाले प्रष्ट पार्ने कोसिस भएको छ। अब यसैगरी तलैसम्म प्रष्ट पार्नु पर्छ भन्ने धारणा बनेको छ।’

नेता काफ्लेले आफूले नयाँ पार्टी खोल्नुपर्ने भनेर नसुझाएको जिकिर गरे । तर उनले सम्मानजनक स्थान र स्भाविमानमा तलमाथि हुने अवस्थामा सबै विकल्प खोज्नुपर्ने सुझावा आफूले नेतृत्वलाई दिएको भने बताए।

उता अर्का नेता नैनसिंह महरले सर्वोच्चको फैसलासँगै विकसित नयाँ परिस्थितिमा सम्मानजनक एकताका लागि पहल हुनुपर्ने बताए । उनले त्यसका लागि वर्तमान पार्टी नेतृत्व जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : १९ बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित