बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास « Khabarhub

बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपतकालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । 

आज बिहान १०ः३० बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी-गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपतकालीन उपचार दिने क्षमता र अवस्थाको जाँच गरिएको हो ।

बस दुर्घटनाको जानकारीअनुसार सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल ल्याएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्पतालले साइरन बजाएर चिकित्सकसहित उपचारका लागि आवश्यक सम्पूर्ण जनशक्ति तयारी गरेको थियो ।

एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल ल्याइने बित्तिकै चिकित्सकले बिरामीको अवस्था मूल्यांकन गर्दै सामान्य, जटिल र गम्भीर गरी वर्गीकरण गरी बिरामीलाई पहेँलो, नीलो र रातो समूह कक्षमा राखेर प्राथमिकताका आधारमा उपचार अघि बढाइएको थियो । 

त्यस क्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरू उपचारमा खटिएका थिए भने सुरक्षाकर्मीले बिरामी स्थानान्तरणमा सहयोग गरेका थिए ।

घाइतेको प्राथमिक उपचार, एक्स-रे, औषधोपचारलगायतसँगै अभ्यासका क्रममा घटनास्थलमा मृत्यु भएका एक जनालाई शवगृहमा पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको परिदृश्य प्रस्तुत गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिए । 

दुर्घटनामा परेकामध्ये सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर राखिएको दृश्य उक्त क्रममा प्रस्तुत गरिएको थियो। 

दुर्घटना र प्राकृतिक विपद्को समयमा एकै पटक धेरै जटिल समस्या भएका बिरामी एकै पटक आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउनका लागि कृत्रिम दुर्घटनाको उद्धार र उपचारको अभ्यास गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले जानकारी दिए ।

उनले यस कार्यक्रमले उद्धारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै एम्बुलेन्स सेवाको प्रभावकारिता तथा अस्पतालमा आकस्मिक उपचारको व्यवस्थापनमा रहेका कमीकमजोरी पत्ता लाग्ने र सुधारमा रचनात्मक सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

आकस्मिक अवस्थामा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने क्षमताको परीक्षणका साथै दुर्घटनापछि तत्काल उद्धार तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो अभ्यास सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : २९ बजे

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक