मध्यपूर्वमा जारी युद्धले चीनको अर्थतन्त्रमा चुनौती « Khabarhub

मध्यपूर्वमा जारी युद्धले चीनको अर्थतन्त्रमा चुनौती


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले चीनको अर्थतन्त्रमा नयाँ चुनौतीहरू देखा परेको छ । विश्वकै ठूलो ऊर्जा आयातकर्ता र उत्पादन केन्द्र भएकाले इन्धनको मूल्य बढ्दा कलकारखानाको उत्पादन लागत महँगो भएको छ । यसले करोडौँ मानिसलाई रोजगारी दिने चिनियाँ कारखानाहरूको नाफामा निकै दबाब सिर्जना गरेको छ ।

सन् २०२६ को सुरुतिर चीनको अर्थतन्त्रले निर्यातमा आएको उछालका कारण गति लिएको थियो, तर इरान युद्धले इन्धनको मूल्य बढाएपछि बेइजिङको विकास लक्ष्यका लागि महत्त्वपूर्ण मानिने विश्वव्यापी मागलाई जोखिममा पारेको हो ।

पहिलो त्रैमासिकमा देखिएको ५.० प्रतिशतको वार्षिक वृद्धिदर चीनको पूर्ण वर्षको ४.५ देखि ५.० प्रतिशतको लक्ष्यको माथिल्लो बिन्दुमा छ, जसले पर्याप्त रणनीतिक तेल भण्डार र ऊर्जाको विविधीकरणको मद्दतले धेरैजसो एसियाली देशहरूको तुलनामा चीनको चुनौतीलाई उजागर गरेको छ ।

विशेषज्ञहरूका अनुसार चीनको निर्यातमा आधारित आर्थिक मोडेल खुला समुद्री मार्गमा निर्भर छ । तर युद्धका कारण समुद्री मार्गमा अवरोध आउने र विश्वव्यापी माग घट्ने जोखिम बढेको छ ।

उदाहरणका लागि, गुआङडोङका केही उद्योगीहरूले कच्चा पदार्थको मूल्यमा ४० देखि ६० प्रतिशतसम्म वृद्धि भएको बताएका छन् । यो युद्ध जति लम्बिँदै जान्छ, चिनियाँ अर्थतन्त्र र त्यहाँका उद्योगहरूमाथि जोखिम त्यति नै बढ्दै जाने देखिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  २ : ५१ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका