नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ « Khabarhub

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार मात्रै संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् ।

संवैधानिक परिषद्‍द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको थियो।

यससँगै अब मंगलबार नै शर्माले नयँ प्रन्याको नियुक्ति लिएर शपथसमेत लिएका हुन् । बुधबारदेखि उनै नयाँ प्रधानन्यायाधीशले दैनिक इजलास र पेशी तोक्नेछन्।

शर्मा मंगलबार संसदीय सुनुवाइ समितिमा उपस्थित भएर आफूविरुद्ध परेका १६ उजुरीको जवाफ दिएका थिए ।

मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो ।

त्यसपछि उनी आफूविरुद्धका उजुरीको जवाफ दिन संसदीय समितिमा उपस्थित भए । सबै प्रश्नको जवाफ दिएसँगै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको जोडबलमा शर्मा फास्ट ट्रयाकबाट प्रन्या पक्का भए ।

शर्माविरुद्धका संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका थिए । उजुरी वितरणपछि मंगलबार नै समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

वरिष्ठतामा चौथोक्रमका उनलाई प्रधानमन्त्री वालेन्द्र शाहको जोडबलमा प्रन्या बनाउन लागिएको हो । प्रम शाहले शर्मा मुद्दा छिनोफानोमा अब्बल रहेको तर्क संवैधानिक परिषद् बैठकमा गरेका थिए ।

सोमबार मात्रै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले शर्माविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिँदा सर्वोच्च प्रशासनाक मुख्य रजिष्ट्रारसहित कर्मचारी भागेर हिँडेका थिए । यो विवादबीच शर्माले अब सर्वोच्चको बागडोर सम्हाल्न लागेका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ६ : ५२ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई