महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप « Khabarhub

राहदानी छपाइ प्रकरण

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई दोस्रो पटक पाँच दिन म्याद थपिएको छ।

गत असार २ मा पक्राउ अर्यालसहित चार जनालाई अख्तियारले विशेष अदालतमा दोस्रो पटक ५ दिनको म्याद लिएको हो । विशेषका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो ।

राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्यालसहित ठेकेदाहरूलाई पनि प्रधानमन्त्रीको कार्यालयको दबाबमा अख्तियारले पक्राउ गरेको थियो ।

विशेष अदालत प्रशासन शाखाका अनुसार राहादानी छपाईसम्बन्धी कार्यमा अनियमितता गरेको भन्ने कसूरमा अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरू तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुल्सीप्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप भएको हो ।

अख्तियारले असार जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध पहिलो पटक अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद लिइएको थियो ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ५९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ