महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप « Khabarhub

राहदानी छपाइ प्रकरण

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चारजनालाई दोस्रो पटक पाँच दिन म्याद थपिएको छ।

गत असार २ मा पक्राउ अर्यालसहित चार जनालाई अख्तियारले विशेष अदालतमा दोस्रो पटक ५ दिनको म्याद लिएको हो । विशेषका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो ।

राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्यालसहित ठेकेदाहरूलाई पनि प्रधानमन्त्रीको कार्यालयको दबाबमा अख्तियारले पक्राउ गरेको थियो ।

विशेष अदालत प्रशासन शाखाका अनुसार राहादानी छपाईसम्बन्धी कार्यमा अनियमितता गरेको भन्ने कसूरमा अनुसन्धानको क्रममा पक्राउ परेका प्रतिवादीहरू तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुल्सीप्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक पाँच दिन म्याद थप भएको हो ।

अख्तियारले असार जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध पहिलो पटक अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद लिइएको थियो ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ५९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर