श्रीलङ्काको सफल भ्रमण पूरा गरी भारतीय नौसेनाको जहाज आईएनएस शारदा फिर्ता « Khabarhub

श्रीलङ्काको सफल भ्रमण पूरा गरी भारतीय नौसेनाको जहाज आईएनएस शारदा फिर्ता


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो — भारत र श्रीलङ्काबीचको समुद्री सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै भारतीय नौसेनाको जहाज आईएनएस शारदा श्रीलङ्काको कोलम्बो बन्दरगाहको सफल भ्रमण पूरा गरी फिर्ता भएको छ । यस भ्रमणका क्रममा दुवै देशका नौसेनाबीच आपसी समझदारी बढाउने र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ विभिन्न व्यावसायिक आदानप्रदान, तालिम सत्र तथा खेलकुद गतिविधिहरू सञ्चालन गरिएका थिए ।

क्षमता अभिवृद्धिका प्रयासहरू अन्तर्गत श्रीलङ्काली नौसेनाका कर्मचारीहरूलाई साना हतियार सञ्चालन, आधारभूत आगो नियन्त्रण, प्राथमिक उपचार र उद्धार प्रक्रियाका विषयमा तालिम समेत प्रदान गरिएको थियो । भ्रमणका क्रममा श्रीलङ्का नौसेनाको पश्चिमी नौसैनिक क्षेत्रका कमान्डर रियर एडमिरल जगथ कुमाराले आईएनएस शारदाको अवलोकन गर्दै जहाजका चालक दलका सदस्यहरूसँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा उनले दुई देशबीचको बलियो समुद्री साझेदारीलाई पुनः जोड दिए । त्यस्तै, दुवै नौसेनाका अधिकारीहरूबीच भएका मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, व्यावसायिक भलाकुसारी र एकअर्काको जहाज निरीक्षण (क्रस-डेक भिजिट) ले आपसी समझदारी र भाइचारालाई अझ गहिरो बनाएको छ ।

बन्दरगाह भ्रमणकै सिलसिलामा आईएनएस शारदाका कमान्डिङ अफिसरले श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झासँग शिष्टाचार भेटवार्ता समेत गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  २ : ५५ बजे

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा