दादुरा प्रकोप झेलिरहेको मालदिभ्सलाई भारतको सहयोग « Khabarhub

दादुरा प्रकोप झेलिरहेको मालदिभ्सलाई भारतको सहयोग


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आफ्नो छिमेक प्रथम नीति अन्तर्गत दादुराको प्रकोप झेलिरहेको टापु राष्ट्र माल्दिभ्सलाई आपत्कालीन स्वास्थ्य सामग्री सहयोग पठाएको छ । माल्दिभ्समा पछिल्लो समय देखिएको दादुरा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न र त्यहाँको जनस्वास्थ्य सुरक्षित राख्न भारतले यो कदम चालेको हो ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले २० हजार डोज ‘एमआर’ (दादुरा र रुबेला) खोप र करिब ३ टन तौल बराबरको विभिन्न चिकित्सा सामग्रीहरू माल्दिभ्स पठाएको छ। सामाजिक सञ्जाल एक्समा यसको पुष्टि गर्दै प्रवक्ता जयसवालले यस सहयोगमा खोपका साथै औषधि, सिरिन्ज, रोग पहिचान गर्ने डाइग्नोस्टिक किट्स र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरू समावेश रहेको जानकारी दिएका छन् ।

यो समयसापेक्ष सहयोगले माल्दिभ्स सरकारको दादुरा नियन्त्रण प्रयासलाई थप बलियो बनाउने विश्वास विदेश मन्त्रालयले व्यक्त गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मा नै माल्दिभ्सलाई दादुरा उन्मूलन भएको देश प्रमाणित गरेको भए तापनि हालै त्यहाँ फेरि नयाँ संक्रमण देखा परेको हो। दादुरा मुख्यगरी बालबालिकालाई लाग्ने एक अत्यधिक संक्रामक भाइरल रोग हो, जुन संक्रमित व्यक्तिको नाक, मुख वा घाँटीबाट निस्कने थुकका छिटा वा र्‍यालका माध्यमबाट सर्ने गर्दछ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी