अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण तीव्र, बालबालिका र महिलासहित धेरै नागरिकको मृत्यु « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण तीव्र, बालबालिका र महिलासहित धेरै नागरिकको मृत्यु


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको पूर्वी प्रान्तहरूमा हालै पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनमा) को प्रतिवेदनलाई उद्धृत गर्दै ह्युमन राइट्स वाचले जनाए अनुसार जुन २९ मा अफगानिस्तानको पूर्वी क्षेत्रमा गरिएका हवाई आक्रमणहरूमा महिला र बालबालिकासहित कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ४९ जना घाइते भएका छन् ।

केही दिनअघि कराचीमा पाकिस्तानी सुरक्षाकर्मीमाथि भएको आक्रमणमा संलग्न लडाकुहरूलाई लक्षित गरिएको पाकिस्तानी अधिकारीहरूको दाबी छ, तर उनीहरूले आक्रमणको विस्तृत विवरण भने दिएका छैनन् । युनमाको प्रतिवेदन अनुसार सन् २०२६ को पहिलो तीन महिनामा मात्रै पाकिस्तानी सेनाको सीमापार आक्रमणका कारण ७ सय ५० भन्दा बढी अफगान नागरिक हताहत भएका छन्।

तीमध्ये अधिकांश हताहत पूर्वी र दक्षिणी अफगानिस्तानमा गरिएका हवाई आक्रमणका कारण भएको उल्लेख छ। यद्यपि, अफगानिस्तानको भूमि प्रयोग गरी पाकिस्तानी विद्रोही समूहले पाकिस्तानभित्र आक्रमण गर्ने गरेको र त्यसबाट पनि पाकिस्तानी नागरिकहरूले ज्यान गुमाउनु परेको पाकिस्तानको आरोप छ। युद्धका क्रममा हुने मानवीय क्षतिले मात्रै स्वतः युद्धअपराधको पुष्टि नगरे पनि यस्ता घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ।

यसअघि पनि अप्रिल २७ मा कुनार प्रान्तको असादबाद सहर र अन्य क्षेत्रमा गरिएको हवाई आक्रमणमा १३ महिला र ३९ बालबालिकासहित ७ जनाको मृत्यु र ७९ जना घाइते भएको युनमाले जनाएको थियो। आक्रमणबाट पीडित एक स्थानीयले आफ्नो ४ वर्षीया छोरीले हातका औंला गुमाएको र ११ वर्षीय भाइको मृत्यु भएको बताउँदै आफ्नो परिवारले घरबारविहीन बन्नुका साथै जीवनभरको लागि अपांगता व्यहोर्नुपरेको पीडा व्यक्त गरेका छन्।

यस्तै, मार्च १६ मा काबुलस्थित ओमिद ड्रग पुनस्थापना केन्द्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा बिरामीसहित कम्तीमा २६९ सर्वसाधारणको मृत्यु भएको थियो भने १२२ भन्दा बढी घाइते भएका थिए। ह्युमन राइट्स वाचले गरेको अनुसन्धानमा उक्त पुनस्थापना केन्द्रलाई कुनै पनि सैन्य उद्देश्यका लागि प्रयोग गरिएको प्रमाण फेला नपरेकोले सो आक्रमण अन्धाधुन्ध र कानुनविपरीत रहेको देखिएको छ।

पाकिस्तानी सेनाको मोर्टार आक्रमण र गोलाबारीका कारण १९ वटा स्वास्थ्य संस्थाहरू बन्द हुन पुगेका छन्। पाकिस्तानले अफगान शरणार्थीहरूलाई जबरजस्ती फिर्ता पठाएका कारण त्यस क्षेत्रमा पहिल्यैदेखि गम्भीर रहेको मानवीय संकट थप जटिल बनेको छ। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार द्वन्द्वरत पक्षहरूले नागरिकहरूको क्षतिलाई न्यून गर्न सम्पूर्ण सावधानी अपनाउनुपर्ने हुन्छ।

आक्रमणकारी पक्षले सधैं नागरिक र सैन्य संरचनाबीच छुट्याउनुपर्ने तथा रक्षात्मक पक्षले पनि मानवीय क्षतिबाट बच्न सैन्य क्षेत्रहरू बाक्लो बस्तीबाट टाढा राख्नुपर्ने प्रावधान रहेको छ। तर, एक पक्षले नियम उल्लङ्घन गरेको आधारमा अर्को पक्षले पनि आफ्नो कानुनी दायित्वबाट उन्मुक्ति नपाउने कुरामा जोड दिइएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ६ : १४ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र