अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?   « Khabarhub

अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?  


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभइ संवैधानिक निकाय भएकाले भन्दै राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् । 

उनले अख्तियार आफैँ बिचौलियाहरूको संरक्षण गर्ने केन्द्रजस्तो बनेको आरोप समेत लगाए । 

सांसद सिंहले पूर्व गृहसचिव रहेका प्रमुख आयुक्तले प्रशासनिक र संवैधानिक पदको पदीय मर्यादा तथा दायित्व छुट्याउन नसकेको टिप्पणी गरे ।

विगतमा कर्मचारीहरू कारबाहीबाट जोगिन अख्तियार जाने गरेकोमा, अहिले अनुचित लाभका लागि अख्तियार जाने गरेको उनले बताए ।

त्यस्तै उनले संविधानले नै अख्तियारलाई भ्रष्टाचार र सम्पत्ति छानबिनको पूर्ण अधिकार दिएको अवस्थामा पटक–पटक नयाँ आयोग गठन गर्नुको औचित्यमाथि प्रश्न उठाए । 

 राज्यकोषबाट तलब, भत्ता वा पेन्सन लिने मन्त्री, सांसद, मेयर वा प्रशासक जो–कोहीको पनि सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अख्तियारले नै प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिए  । बैठकमा अन्य सांसदहरूले पनि अख्तियारको भूमिकाप्रति प्रश्न उठाएका  छन् । 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ०८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार