एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो पराजित « Khabarhub

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो पराजित


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका आशा गरिएका खेलाडीहरू पदकविहीन भएका छन्।

कराँतेकी एरिका गुरुङ, सानुमाया थिङ, राकेश मानन्धर र मीनबहादुर तामाङ तथा उसूका विजय सिंजालीले पदकका लागि भएका प्रतिस्पर्धामा निराशा भोग्न बाध्य भए।

कराँतेको कुमितेतर्फ एरिका, राकेश र मीनबहादुर सेमिफाइनलसम्म पुगे । तर तीनैजना फाइनलमा पुग्न असफल भए। त्यसपछि भएको कांस्य पदकको प्रतिस्पर्धामा पनि उनीहरू निराश भए ।

महिला ६८ केजीमाथिको कुमितेमा एरिका गुरुङ साउदी अरबकी डिना अहमदसँग ८–७ ले पराजित भइन्। यसअघि सेमिफाइनलमा उनी कजाकस्तानकी बेरुल्टसेभा साफ्यासँग २–१ ले पराजित भएकी थिइन्।

सेमिफाइनलमा १–० को अग्रता लिएकी एरिकाले अन्तिम दुई सेकेन्डमा अंक गुमाएकी थिइन्। क्वार्टरफाइनलमा उनले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गरेकी थिइन्।

पुरुष ५५ केजीमुनिको कुमितेमा राकेश मानन्धर कांस्य पदकको प्रतिस्पर्धामा मलेसियाका कालियाना सुन्द्रामसँग ९–१ ले पराजित भए। यसअघि क्वार्टरफाइनलमा थाइल्यान्डका इन्ग्लोय नाथक्रितलाई ९–० ले हराएका राकेश सेमिफाइनलमा उज्बेकिस्तानका खालिमोभसँग ७–० ले पराजित भएका थिए।

यस्तै, पुरुष ६० केजीमुनिको कुमितेमा मीनबहादुर तामाङ कांस्य पदकको प्रतिस्पर्धामा साउदी अरबका अल्बाशेर साउद अब्दुलाजिजसँग २–० ले पराजित भए।

उनले प्री–क्वार्टरफाइनलमा हङकङका हिम चाउलाई ४–१ र क्वार्टरफाइनलमा काजकस्तानका मिर्जाजोदा मोहम्मदलाई २–० ले पराजित गरेका थिए। सेमिफाइनलमा भने उनी कुवेतका साबन अब्दुल्लाहसँग १०–० ले पराजित भए।

यसैगरी, महिला व्यक्तिगत कातामा सानुमाया थिङ अन्तिम १६ बाटै बाहिरिइन्। टोयोहाशी जिम्नेसियममा भएको प्रतिस्पर्धामा उनी दक्षिण कोरियाकी ह्युन चोईसँग ५–० ले पराजित भइन्।

उसूको पुरुष छान छ्वानमा विजय सिंजाली पनि पहिलो चरणबाटै बाहिरिए। २१ खेलाडी सहभागी प्रतिस्पर्धामा उनी ९.१४६ अंकसहित १९औँ स्थानमा सीमित भए। यससँगै आइतबार नेपालका लागि पदकको आशा गरिएका कराँते र उसूका खेलाडीको चुनौती समाप्त भएको छ।

नेपालले २०औँ एसियाली खेलकुदमा २१ खेलमा १३५ खेलाडी सहभागी गराएको छ। आइची–नागोया एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुँदैछ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ३ : २१ बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय