पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध « Khabarhub

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । 

रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ । 

रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताए । 

बिरामीलाई अस्पताल पुर्‍याउन, काम विशेषले गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत तथा खाद्यान्न, दैनिक उपभोग्य बस्तु र आलु, टुसालगायत कृषिउपज बजार पठाउन समस्या भएको उनले बताए । 

रघुगङ्गा गाउँपालिका–७ को नामिला, ८ नं वडाको मङ्गलेखानी, घ्याँसीखर्क, चौरखानी, ढाँड, दुवाडी, पात्लेखर्क बस्तीसँग यातायात सम्पर्कविच्छेद भएको छ । 

यो सडक चिमखोला–राहुघाट–मङ्गलेको बाँध, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनास्थल पुग्न पहुँचमार्गका रुपमा प्रयोग हुन्छ । 

मलाङमा करिब ४०० मिटर दूरीमा पहिरोले सडक क्षत्विक्षत बनाएको छ । पहिरो प्रभावित क्षेत्रमा पैदलयात्रा गर्न पनि जोखिम छ । पहिरोको तलतिर राहुघाट नदी छ । 

यही सडक भएर धौलागिरि आइसफल र धार्मिकस्थल रिखार जान सकिन्छ । माथिल्लो भागको पाखोबाट निरन्तर पहिरो खस्ने समस्या छ । 

ठूलो आकारको पहिरो भएकाले पछिल्लो पाँच वर्षयता हरेक वर्ष बर्खायाममा मलाङमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । 

रघुगङ्गा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्यालले वर्षात् हुनेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन समस्या भएको बताए । मनुसन बाहिरिएपछि मलाङको सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनका लागि पहल गरेको उनले बताए । रासस

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : २८ बजे

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै