लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको काठमाडौँ महानगरपालिका – ३१ प्रयोगमार्गबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१० मिलिग्राम र नगद रु पाँच हजारसहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका–८ घर भएका ३८ वर्षीय विनोदकुमार विक र दक्षिणकाली नगरपालिका –५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम २१० ट्याब्लेट र स्पास्मो १६८ ट्याब्लेटसहित सर्लाही कौडेना नगरपालिका–७ सक्राउन घर भएका १८ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बाट नियन्त्रित लागुऔषध स्पास्मो प्रोक्सिभन ४०८ ट्याब्लेटसहित भारत उत्तर प्रदेश बस्ने ५५ वर्षीय दीप चन्द र कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ र रु १० हजारसहित आज प्रहरीले पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट गाँजासहित राप्ती–१२ बस्ने ५५ वर्षीय चन्द्रबहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र राप्ती–२ का ५२ वर्षीय वीरबहादुर ब्लोनलाई पक्राउ गरिएको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका(६ गल्लामण्डीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने बिसु गुरुङलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका(९ बरपिपलचोकबाट भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय विपिनकुमार यादव, बर्दियाको बाँसगढी नगरपालिका–५ ओमचोकबाट बाँसगढी–३ का १८ वर्षीय किशोर, राजापुर नगरपालिका–४ भन्सार चोकबाट राजापुर–८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरी, गुलरिया नगरपालिका–७ का २४ वर्षीय राहुल थारूसहित दुई जना लागुऔषधसहित पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–८ बाट कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ, पथरी शनिश्चरे नगरपालिका–१ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका-३ का २३ वर्षीय करण राई पक्राउ परेका छन् ।

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित झापाको दमक नगरपालिका–१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बु र मिक्लाजुङ गाउँपालिका–१ घर भएका २५ वर्षीय रोशन राई, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका(३ बाट नेपालगञ्ज–३ का ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी पक्राउ परेका छन् ।

इलामको इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बुसहित दुई जना र बाराको विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत मोतिहारी नकरदेही पञ्चायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १० : ०२ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६