बंगलादेशको ‘जमात-ए-इस्लामी’ ले मुक्तियुद्धमा पाकिस्तानलाई समर्थन गरेर पनि किन मागेन माफी ? « Khabarhub

बंगलादेशको ‘जमात-ए-इस्लामी’ ले मुक्तियुद्धमा पाकिस्तानलाई समर्थन गरेर पनि किन मागेन माफी ?


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशको राजनीतिक दल ‘जमात-ए-इस्लामी’ ले सन् १९७१ को मुक्तियुद्धमा पाकिस्तानलाई समर्थन गरेको विषयमा हालसम्म माफी नमाग्नुका भित्री कारणहरू सार्वजनिक भएका छन् । पार्टीका पूर्वसहायक महासचिव अब्दुर रज्जाकद्वारा लिखित नयाँ पुस्तक ‘बंगलादेश जमात-ए-इस्लामी : इट्स हिस्ट्री एण्ड पोलिटिक्स’ मा उक्त ऐतिहासिक विवाद र दलभित्र माफी माग्न गरिएको निरन्तर तर असफल प्रयासहरूको फेहरिस्त प्रस्तुत गरिएको छ।

द डेली स्टारको रिपोर्टअनुसार शुक्रबार सार्वजनिक हुन लागेको यस पुस्तकमा रज्जाकले सन् १९९४ देखि २०१६ सम्म पार्टीभित्र माफी माग्ने प्रस्तावलाई शीर्ष नेतृत्व र शक्तिशाली गुटले बारम्बार कसरी असफल पारेका थिए भन्ने खुलाएका छन्। सन् १९९४ मा सर्वोच्च अदालतले तत्कालीन अमिर गुलाम आजमको नागरिकता पुनःस्थापना गरेपछि रज्जाकले पहिलोपटक सशक्त रूपमा माफीको प्रस्ताव अघि सारेका थिए। सुरुमा आजमले सैद्धान्तिक सहमति जनाए पनि पछि अस्पष्ट र नाममात्रको अभिव्यक्ति दिएर विषयलाई टारेका थिए।

त्यसपछि पनि सन् २००१ देखि २०१६ को बीचमा रज्जाकले पटक-पटक माफीको माग गर्दै प्रतिवेदन तथा मस्यौदाहरू तयार पारेका थिए। तर, पार्टीभित्र पाकिस्तानसँगको सम्बन्ध बिग्रने डर, भारतीय हस्तक्षेपको आशंका र विपक्षी दलले यसलाई स्वीकार नगर्ने तर्क राख्दै तत्कालीन अमिर मतिउर रहमान निजामीसहितका प्रभावशाली नेताहरूले त्यसलाई अगाडि बढ्न दिएनन्।

सन् २०१६ मा रज्जाकले अन्तिमपटक तयार पारेको माफीको मस्यौदामा पनि दलले मुक्तियुद्धको विरोध गरेकोमा औपचारिक खेद प्रकट गर्ने उल्लेख थियो, तर आन्तरिक चरम विरोधका कारण त्यो प्रस्तावसमेत थन्किन पुग्यो।

गत वर्ष मे महिनामा निधन भएका रज्जाकले पुस्तकमा सन् १९७१ को भूमिका नै ‘जमात-ए-इस्लामी’ को सबैभन्दा ठूलो कमजोरी भएको स्पष्ट पार्दै पार्टी नेतृत्वको संकुचित सोचका कारण राष्ट्रले अहिलेसम्म माफी र मेलमिलापको अवसर गुमाउँदै आएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : ५१ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत