चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय « Khabarhub

चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराउने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

यसैगरी, सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ३० बजे

सुनीलको अन्तिम अभिनय रहेको ‘हिमालयन गोल्ड’ हलमा, यार्सागुम्बाको लोभ र संघर्षको कथा

काठमाडौँ – दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको नेपाली

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार

चीन र आईएमएफको ११ करोड अनुदान र ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर

राइजिङ स्टार्स एसिया कप- भारतसँग भिड्दै नेपाल

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँ–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी