एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित « Khabarhub

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शक आक्रोशित बनेका छन्।

शुक्रबार दिउँसो १ बजेबाट टिकट खुल्ने आधिकारिक तालिका रहे पनि त्यसअगावै अनलाइन प्लेटफर्ममा टिकट सकिएको देखिएको हो।

दर्शकका अनुसार दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म खोल्दा नै ‘सोल्ड आउट’ को सूचना देखिएको थियो। केही प्रयोगकर्ताको स्क्रिनमा १ बजे खुल्ने समय देखिए पनि ठीक १ बजेर १ मिनेटमा प्रयास गर्दा समेत टिकट काट्न नसकिएको गुनासो उनीहरूको छ।

यसअघिका महत्त्वपूर्ण खेलमा पनि बिक्री खुलेको केही सेकेन्डमै प्राविधिक समस्या आउने र टिकट सकिएको देखिने समस्या दोहोरिएको थियो।

फाइनलजस्तो महाभिडन्तमा समयअगावै टिकट सकिएको देखिएपछि आयोजकको टिकट व्यवस्थापन र पारदर्शितामाथि सामाजिक सञ्जालमा गम्भीर प्रश्न उठेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : १३ बजे

हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला

काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार

भारतीय कन्टेनरको फल्स बटममा लुकाइएको ४४३ किलो गाँजासहित दुई जना पक्राउ

चितवन– चितवनमा भारतीय कन्टेनरमा लुकाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको