भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा सुरु भएको प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, उपकरण तथा मेसिनरी प्रदर्शनमा राखिएका छन् ।

 ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली र शीतभण्डारण प्रविधिलगायत सामग्री राखिएका छन् ।

प्रदर्शनीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र कृषिको यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषक, कृषि उद्यमी, व्यवसायी तथा सरोकारवालाले आधुनिक कृषि उपकरण र प्रविधिबारे जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : ५० बजे

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

कञ्चनपुर- महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सप्तरी- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की