मुद्रास्फीति बढेपछि श्रीलंकाले ब्याजदर बढायो « Khabarhub

मुद्रास्फीति बढेपछि श्रीलंकाले ब्याजदर बढायो


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलंकाले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अंकले बढाएर नौ प्रतिशत पुर्‍याएको छ।

अक्टोबरमा श्रीलंकाको वार्षिक मुद्रास्फीति ८.३ प्रतिशत पुगेको छ र यो केन्द्रीय बैंकको पाँच प्रतिशतको लक्ष्यभन्दा बढी हो । मध्यपूर्वको द्वन्द्व लम्बिँदा विश्वव्यापी ऊर्जा र खाद्यवस्तुको मूल्य बढेको तथा त्यसले घरेलु मुद्रास्फीतिलाई थप चाप दिएको बैंकले जनाएको छ । आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्म पनि मुद्रास्फीतिलाई लक्ष्यमा झार्न कठिन हुने अधिकारीहरूको भनाइ छ ।

इरानले अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलघाँटी अवरुद्ध गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढाएको छ । श्रीलंका सरकारले पनि इन्धन र विद्युत् शुल्कमा वृद्धि गर्दा ऊर्जाको मूल्य झन्डै आधा बढेको छ ।

यसअघि केन्द्रीय बैंकले गत मे महिनामा ब्याजदर १०० आधार अंकले बढाएको थियो । सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसकेपछि आर्थिक संकटमा परेको श्रीलंकाले सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्राकोषबाट ४८ महिनाका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर सहायता लिएको थियो । 

त्यसपछि सरकारले कर वृद्धि लगायतका आर्थिक सुधार लागू गरेको थियो । गत वर्षको चक्रवातमा कम्तीमा ६५० जनाको मृत्यु हुनुका साथै चार अर्ब १० करोड अमेरिकी डलर बराबरको पूर्वाधारमा क्षति पुगेको अनुमान छ ।
 

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : २१ बजे

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस

भारत ‘ए’ को १ सय रन पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी

कोप–३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन