दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाडिदियो प्रहरीले « Khabarhub

दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा छाडिदियो प्रहरीले


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं रिहा भएका छन् ।

सोमबार कास्कीको पोखरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतबाहिरै बसेर अनुन्धान गर्न मिल्ने ठहरसहित रिहा गरिदिएको हो ।

यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताए ।

मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यहीअनुसार उनलाई पोखराको लेकसाइडमा सभालाई सम्बोधन गरेर फिर्दै गर्दा प्रहरीले समातेको थियो ।

आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार ब्यूरोमा पत्र पठाएको थियो ।

शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुर्‍याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको बताएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ०५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै