काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै « Khabarhub

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण यकिन गरी सार्वजनिक गरेका छन् । 

काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन् ।

एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहयोगी कर्मचारी खटाइनेछ । यस्तै एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ । 

जिल्लामा ४०० मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन् । क्षेत्र नं १ को  धुलिखेल नगरपालिका–१० स्थित कालिका माध्यमिक विद्यालय शारदाबतासे ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारी चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिने भएका छन् । उक्त केन्द्रमा सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार खटिनेछन् । 

यस्तै सोही क्षेत्रको धुलिखेल–९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा भने सहयोगी कर्मचारीबाहेक अन्य कर्मचारी महिला मात्रै खट्नेछन् । यस केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारीमा सीता लामा, गोपिनी खड्का र गीता पुर्कुटीलाई खटाइएको छ । 

यसैगरि निर्वाचन क्षेत्र नं २ को धुलिखेलस्थित सञ्जीवनी मावि अड्डाबजार ‘क’ मतदान केन्द्रमा सबै खटिने कर्मचारी महिला मात्रै छन् ।

मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रीता अधिकारी रहेको यो मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा कविता पाण्डेय, मीना भोमी र सपना श्रेष्ठलाई खटाइएको छ । यस्तै सहयोगी कर्मचारीको रुपमा राधिका बोहरालाई खटाइएको २ नं क्षेत्र निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै सञ्जीवनी माविकै अड्डाबजार ‘ख’ मतदान केन्द्रमा पनि सबै कर्मचारी महिला मात्रै छन् । यो केन्द्रमा मतदान अधिकृतको रुपमा निष्ठा कर्माचार्य र सहायक मतदान अधिकृतको रुपमा अस्मिता पौडेललाई खटाइएको छ । यो केन्द्रमा सहायक कर्मचारीको रुपमा प्रेक्षा खनाल, समीक्षा बसेल र महेश्वरी चन्द तथा सहयोगी कर्मचारीको रुपमा लक्ष्मी हुमागाईंलाई खटाइएको छ । निर्वाचनमा जिल्लामा दुई हजार ४०० कर्मचारी खटाइने भएको हो । 

जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार ४०० मतदान अधिकृतका लागि ५१ उपसचिवस्तरका कर्मचारी, ५४६ शाखा अधिकृतस्तर र १९१ अधिकृत छैटौँ तहका कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिएको छ । 

यस्तै चार सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका ८७७, एक हजार दुई सय सहायक कर्मचारी तथा खरिदारस्तरका एक हजार ४६८ र चार सय सहयोगी कर्मचारीका लागि ५०३ कर्मचारीको नामावली सङ्कलन तयार गरिएको छ । जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँ ११ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । रासस
 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  २ : ५३ बजे

जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा– रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २

संविधान सही ट्रयाकमा ल्याउन निर्वाचन सफल बनाउनुपर्ने

काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले