ओलीको पत्र लिएर एमाले कार्यकर्ता मतदाताका घर-घरमा « Khabarhub

ओलीको पत्र लिएर एमाले कार्यकर्ता मतदाताका घर-घरमा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घर-घरमा पुगिरहेका छन् ।

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्त्रगतका २९ वटै वडामा नेकपा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घर-घरमा पुगिरहेका छन् । 

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार यो क्षेत्रभरीका प्रत्येक टोलका घर-घरमा पार्टी अध्यक्षको पत्र लिएर जनतासँग पुगिरहेका छन् । 

निर्वाचन लक्षित घरदैलो अभियानमा जाँदा मतदातालाई सम्बोधन गरेको पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र, र विभिन्न जनवर्गिय संगठनका छुट्टा छुट्टै प्रतिबद्धता पत्र सहित टोल टोलमा पुग्ने गरेको उनले बताए  । अध्यक्षको पत्रमा फागुन २१ गते नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनको रुपमा मानेर निर्वाचनमा सहभागी हुन आह्वान गरिएको छ । 

‘यो पत्रमा मुलुक यति वेला गम्भीर संकटको अवस्थामा रहेको उल्लेख छ । त्यसैले एकतामा बाँधिएको हाम्रो समाजलाई एकै परिवारका बुबा आमा र छोराछोरीबीचमा सम्बन्ध नै विभाजन गरिँदै आएको छ । यसले  अभिभावक र सन्तान बीचको सम्बन्धमा संकट ल्याइदैछ । क्रमशः परिवार कमजोर भएपछि समाज र देशमा नै कमजोर हुन्छ । यसले मुलुकमा नै एकताको संकट ल्याउँछ ।’ संयोजक दाहालले भने, ‘अध्यक्ष ज्युको पत्रमा यस क्षेत्रका सबै मतदातामा राष्ट्रिय निर्माणका लागि नेकपा एमालेलाई मतदान गर्न आह्वान गरिएको छ । पार्टी अध्यक्षको पत्र लिएर जनताको घरघरमा एमालेको समूहगत रुपमा पुगिरहेको छ ।’

उनका अनुसार दमक नगरपालिकाको ६ र ७ मा दोस्रो चरणको घरदैलो कार्यक्रम समेत हिजोबाट सम्पन्न गरिएको छ । बाँकी अन्य वडामा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ । दमक नगरपालिकाका बाँकी ८ वटै वडाका विभिन्न टोल टोलमा घरदैलो अभियानको रुपमा चलिरहेको जनाइएको छ । सबै टोलमा घरदैलो गर्दा स्थानीय भूगोलमा रहेका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका सबै पदाधिकारी सहभागी भएर घरदैलो अभियान गरिँदै आएको छ । 

यसरी नै सोही निर्वाचन क्षेत्र अन्तर्गत कमल गाउँपालिकाको वडा नं ५ को सिम्ले क्षेत्रमा रहेको नेकपा एमालेका कमल गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए । त्यसै गर वडा नं १ को व्यक्तिगत भेटघाट, चलिरहेको छ । २ को देवी चौन र ज्योतिनगर क्षेत्रमा भेटघाट सम्पन्न भएको छ । फाल्गुनन्द,  शान्ति र संगम टोलमा सहुगत घरदैलो कार्यक्रम गरिएको छ । ६ को मैनाखता र मंगलवारेमा सम्पन्न भएको छ । यसरी नै ७ को बाह्रघरे र झर्का एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

त्यसरी नै गौरादह नगरपालिका अन्तर्गत सबै वडामा आज दिनैभरी विभिन्न टोलमा भघरदैलो सम्पन्न भएको गौरादह नगर कमिटीको निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले जानकारी दिए । पार्टीको क्षेत्रीय योजना अनुसार नै सबै वडाका सबै टोलमा भूगोल अनुसार घर घर पुगेर दैलो कार्यक्रम अघि बढिरहेको छ ।

त्यसरी नै गौरीगञ्जका पनि सबै वडामा घरदैलो कार्यक्रम समूहगत रुपमा नै चलिरहेको जनाइएको छ । सबै वडामा निर्वाचन लक्षित घरदैलो अभियान अन्तिम चरण पुगेको छ । अव पार्टीले अर्को चरणमा ल्याउने योजना अनुसार पार्टी संगठन परिचालन गरिने योजना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ४० बजे

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर