संविधान सही ट्रयाकमा ल्याउन निर्वाचन सफल बनाउनुपर्ने « Khabarhub

संविधान सही ट्रयाकमा ल्याउन निर्वाचन सफल बनाउनुपर्ने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संविधानलाई सही ट्रयाकमा ल्याउन पनि निर्वाचन सफल बनाउनुपर्ने बताएका छन्  । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक–प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले निर्वाचनको विकल्प नरहेको उल्लेख समेत गरे  । उनले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा जिम्मेवारी भएको जिकिर गरे ।

मन्त्री पराजुलीले लोकतान्त्रिक प्रक्रियामा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै पत्रकारहरूले निष्पक्ष र जिम्मेवार ढंगले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जालमार्फत फैलिने दुष्प्रचार र भ्रम चिर्न पत्रकारहरूले सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।  

दुई दिनसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट २८ जना पत्रकारको सहभागिता रहेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : २१ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले