बन्दीपुरमा दुईदिने गाउँ पर्यटन मेला २०८३ आयोजना हुने « Khabarhub

बन्दीपुरमा दुईदिने गाउँ पर्यटन मेला २०८३ आयोजना हुने


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँको बन्दीपुरमा वैशाख १८ देखि १९ गतेसम्म दुईदिने गाउँ पर्यटन मेला २०८३ आयोजना हुने भएको छ । 

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको हो । 

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुन लागेको सो मेलाले सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्यलाई टेवा पुर्‍याउने विश्वास आयोजकको छ । 

गाउँ पर्यटन मेलाका बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख  मणिराज लामिछानेले गाउँ पर्यटनलाई सशक्त बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको बताए ।

आयोजकका अनुसार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दीपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।

कार्यक्रममा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ४८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण