निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो « Khabarhub

निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार काठमाडौंको बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । 

राष्ट्रिय जेन-जी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरूलाई त्यहाबाट हटाएको हो । 

प्रहरीले निगम परिसरबाट बाहिर निकालेपछि युवाहरूले प्रहरी दमन मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । 

राष्ट्रिय जेन-जी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर नै ज्ञापन पत्र बुझाउन आउँदा प्रहरीले हस्तक्षेप गरेको बताए । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर सवैतिर देखिएको भन्दै यसप्रति वर्तमान सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।  

सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य यथावत् भए पनि नेपालमा अत्यधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति समेत जनाए । युवाहरूले पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ३१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै