अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी « Khabarhub

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने चेतावनी दिएको छ । इरानी सैन्य मुख्यालय खातम अल अन्बियाले पछिल्लो समय अमेरिकाले इरानी जहाजमाथि गरेको हमलाको जवाफ दिने चेतवनी दिएको हो । इरानले यस घटनालाई डकैतीको संज्ञा दिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा सञ्चालित इरानी जहाजमाथि अमेरिकी नौसेनाले कारवाही नियन्त्रणमा लिएको जनाएका थिए । अमेरिकी नौसेनाको यस कदमपछि इरान चिढिएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच हुने भनिएको दोस्रो चरणको शान्ति वार्ताअघि विकसित पछिल्लो घटनाक्रमले अनिश्चितता बढाएको छ ।

अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो ।

इरानले अमेरिकामाथि अत्यधिक माग, अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र विरोधाभासी अभिव्यक्तिले वार्तामा अवरोध सिर्जना गरेको आरोप लगाएको छ। यसका साथै, अमेरिकाले झूटो प्रचार गरेको पनि इरानको भनाइ छ।

इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै अमेरिकाको धम्कीपूर्ण भाषाले अवस्था झन् बिग्रिएको जनाएको छ। यी परिस्थितिमा वार्ता हुने सम्भावना निकै कम रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ४ : १६ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९