सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल « Khabarhub

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत नभै बाटो तय गर्ने स्थिति बनाएको बताएका छन् ।

बाग्मती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजाने बताए । 

‘हारजित हैन बाटो तय गर्ने स्थिति अदालतले बनाइदिएको छ,’ उनले भने,‘सबैलाई सँग सँगै एउटै बाटो हिँडाएर अधिवेशनसम्म लैजान्छौँ ।’
अहिले सदस्यता अद्यावधिक चलिरहेको भन्दै उनले यसमा छनोटको सुविधा नभएको बताए । यसका लागि इमानदारितापूर्वक काम गर्न उनले वडा सभापतिहरूसँग आग्रह गरे ।

‘कसैले सदस्यता माग्यो भने इफ वा बट नभी दिनुहोला,’ उनले भने,‘छुटेकालाई नवीकरण गर्न लगाऔँ ।’क्रियाशील सदस्य धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा क्रियाशील बराबर वा त्योभन्दा कम भोट आएको स्मरण गर्दै महामन्त्री पौडेलले पहिले अन्त भोट हालेको व्यक्ति पार्टीमा आउन चाहँदा वातावरण तयार पार्न आग्रह गरे ।

आगामी वर्ष स्थानीय तहको निर्वाचन हुने भन्दै उनले डिजिटल प्रविधिबाट सदस्यता नवीकरणले नै जित्ने आधार तयार पार्ने दाबी गरे ।
‘विभिन्न जिम्मेवारीमा रहेका हामी सबैले मेरो जिम्मेवारी पूरा गर्नुपर्छ भनेर नलाग्ने हो भने हामीले स्थानीय चुनाव जित्न सक्दैनौँ,’ उनले भने ।

नागरिकसँग कसरी जोडिने भनेर संगठनले योजना तय गरेको बताएका महामन्त्री पौडेलले आफू जोडिएको संगठन गतिशील बनाएर अघि बढिदिन आग्रह गरे ।

‘संगठित संरचनाले अघि बढाउन सहयोग गरे छिटो र सजिलोसँग पार्टीलाई रूपान्तरण गर्न सकिनेछ,’ उनले भने,‘ तर यो जिम्मेवारी होइन भनेर हुँदैन ।’

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ५२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने