प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार « Khabarhub

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३ औँ दिनमा मस्यौदाका सबै कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले जानकारी दिए । 

नियमावली मस्यौदाका शुद्धाशुद्धि र केही क्रमहरू मिलाउने काम मात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुखलाई बुझाइने उनले बताए ।

कार्यपालिका र व्यवस्थापिकाबीचमा भएका मतभिन्नताहरूलाई न्यूनीकरण गर्ने र जबाफदेहिता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको पराजुलीले जानकारी दिए  । 

उनले संसदीय समितिहरूले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जबाफदेहिता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए । 

त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्याङ्कनको लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको उनले जानकारी दिए । 

त्यस्तै विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाइलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने विषयलाई पनि प्राथमिकता दिइएको समिति सभापति पराजुलीले बताए । मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिदैछ । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : १० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली