प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार « Khabarhub

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३ औँ दिनमा मस्यौदाका सबै कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले जानकारी दिए । 

नियमावली मस्यौदाका शुद्धाशुद्धि र केही क्रमहरू मिलाउने काम मात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुखलाई बुझाइने उनले बताए ।

कार्यपालिका र व्यवस्थापिकाबीचमा भएका मतभिन्नताहरूलाई न्यूनीकरण गर्ने र जबाफदेहिता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको पराजुलीले जानकारी दिए  । 

उनले संसदीय समितिहरूले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जबाफदेहिता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए । 

त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्याङ्कनको लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको उनले जानकारी दिए । 

त्यस्तै विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाइलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने विषयलाई पनि प्राथमिकता दिइएको समिति सभापति पराजुलीले बताए । मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिदैछ । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : १० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने