जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य « Khabarhub

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताएका छन् । 

उनले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिरहेको बताएका छन् ।

बुटवलस्थित जित गढी किल्ला क्षेत्रमा आज आयोजित जित गढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जित गढी किल्लाको महत्त्व एउटा स्थानीय तहमा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए  । 

रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताए । मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राखे । 

‘कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो’, उनले भने, ‘जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति हो यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।’ 

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोरखाबाट ११ दिन पैदल यात्रा गरेर नेपाली सेनाका अधिकृत र जवानहरू आज बुटवल आइपुगेको बताए ।

यसबीचमा पैदल यात्री टोलीलाई हरेक स्थानीय तहमा भव्य सम्मान गरिएको बताउँदै तत्कालीन समयमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले हराएको गौरवपूर्ण इतिहासको प्रभाव अहिलेसम्म पनि रहेको जनताको सम्मानबाट पुष्टि हुने गरेको बताए  । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : १६ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका