थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित « Khabarhub

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । 

उनले ‘कोमल अभिभावकत्व’ पुस्तकले अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक थापाले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताइन् । 

उनले आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटिएको जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहेका छन् । 

उनीहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताए । 

समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गरे भने बालमनोविद् डा पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ३९ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य