स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष « Khabarhub

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ ।

पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा कोषको स्थापना गरिएको थियो । हाल यो ‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४’ अन्तर्गत सञ्चालित छ । 

कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज, साउने सोमबारलगायतका पर्वमा पूजा व्यवस्थित गर्ने गर्दछ । कोषले आजै वार्षिकोत्सव समारोह मनाएको छ । यस अवसरमा पशुपति क्षेत्रमा सफाइ गरिएको थियो । 

सफाइपछि आयोजित कार्यक्रममा कोषका कार्यवाहक सदस्य सचिव श्रीधर सापकोटा, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायतले ४१औँ वार्षिकोत्सव समारोह मनाउने क्रममा उल्लेखनीय काम गर्ने प्रतिबद्धता जनाए । 

सो अवसरमा गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेसहित उत्कृष्ट काम गर्ने कर्मचारी, महाशिवरात्रिलगायत पर्वमा उत्कृष्ट स्वयंसेवा गर्ने संस्थालाई सम्मानसमेत गरिएको थियो ।
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ४१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने