राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस « Khabarhub

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

समारोहमा गाम्बियाका गैरआवासीय राजदूत मुस्तफा जवारा, क्यानडाका गैरआवासीय राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैरआवासीय राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैरआवासीय राजदूत अब्डेनोर खेलिफीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई यसअघि लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ४५ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली