स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव « Khabarhub

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताएका छन् ।

जनकपुरधामस्थित श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजित अन्तरविद्यालयस्तरीय ‘नेशनल क्रिकेट च्यान्पियनशिप’ प्रतियोगिताको उद्घाटन गर्दै उनले ‘स्वस्थ मधेस र समृद्ध मधेस’ को लक्ष्य हासिल गर्न खेल संस्कृतिको विकास आवश्यक रहेको बताए । 

सभामुख यादवले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्दै खेलले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने भएकाले विद्यार्थी जीवनदेखि नै खेल गतिविधिमा सक्रिय रहन आग्रह गरे । 

जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष आकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन-प्याब्सन) का अध्यक्ष आशिष झा, कोषाध्यक्ष सचिन सिंहलगायतले प्रतियोगिताको सफलताको कामना गर्दै खेलकुदमार्फत विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सङ्घका सचिव सरोज मिश्रका अनुसार प्रतियोगितामा जनकपुरधाम तथा आसपासका विभिन्न विद्यालयका क्रिकेट टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : १३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने