पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो « Khabarhub

पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएकाे छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पुर्‍याएकाे चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।

चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।

गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ९ : ३० बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये