स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र  « Khabarhub

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रालयको नयाँ नामकरण गरिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तनसम्बन्धी सूचना २०८३ वैशाख ३० गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

अब मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ कायम गरिएको छ भने अङ्ग्रेजी नाम ‘ ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका शाखा अधिकृत नन्द किशोर यादवद्वारा जारी परिपत्रमार्फत सम्पूर्ण मातहतका निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

त्यसैगरी, नाम परिवर्तनअनुरूप मन्त्रालयको आधिकारिक वेबसाइट तथा अन्य विवरण अद्यावधिक गर्न सूचना प्रविधि शाखालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : ०५ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको