खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन « Khabarhub

खानेपानी र विद्युत् महसुल छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीको प्रदर्शन


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमा लगाइएको सबै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

खानेपानीमा समेत कर लगाउँदा उपभोक्ताहरू मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले खानेपानीमा लगाइएको कर छुट गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरूले विद्युत् महसुल छुटको समेत माग गरेका छन् । फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले फेडवासनले खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने प्रयास गरेको भन्दै तत्काल कर लगाउने निर्णय फिर्ता लिन माग गरे । 

खानेपानी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनले बताए । प्रदर्शनमा सहभागीहरूले उपभोक्ताहरूको अधिकार सुनिश्चित गर, खानेपानीमा लगाइएको सबै प्रकारका कर छुट गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : ३६ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा