सामसुङमा तलब विवाद चर्किँदा १८ दिने हडतालको चेतावनी « Khabarhub

सामसुङमा तलब विवाद चर्किँदा १८ दिने हडतालको चेतावनी


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाको प्रविधि क्षेत्रको अग्रणी कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी विवाद चर्किँदै गएको छ । व्यवस्थापन र श्रमिक युनियनबीच बुधबार भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन भएपछि हडतालको सम्भावना बढेको हो ।

करीब ७४ हजार कामदारको प्रतिनिधित्व गर्ने युनियनले माग पूरा नभए बिहीबारदेखि १८ दिनसम्म हडतालमा उत्रिने चेतावनी दिएको छ । श्रमिक पक्षले कृत्रिम बौद्धिकता (एआई) प्रविधिसम्बन्धी विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढे पनि कर्मचारीलाई त्यसअनुसारको सुविधा र क्षतिपूर्ति नदिएको आरोप लगाएको छ ।

युनियनका नेता चोई सुङ–होले वार्तापछि पत्रकारहरूसँग हडताल अब अपरिहार्य बनेको बताउनुभयो । उहाँका अनुसार व्यवस्थापनले सरकारी मध्यस्थताको प्रस्तावसमेत अस्वीकार गरेको युनियनको आरोप छ ।

उता कम्पनी व्यवस्थापनले भने युनियनका माग अत्यधिक भएको जनाएको छ । विशेषगरी घाटामा रहेका एकाइहरूमा समेत उच्च बोनस र क्षतिपूर्ति माग गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको हो ।

यसबीच दक्षिण कोरियाली सरकार पनि सक्रिय बनेको छ । सम्भावित हडतालले सेमिकन्डक्टर उत्पादनमा असर पार्दै देशको निर्यात–निर्भर अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने भन्दै सरकारले आपतकालीन अधिकार प्रयोग गर्न सकिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री किम मिन–सिओकले टेलिभिजन सम्बोधनमार्फत हडतालका कारण करिब एक हजार खर्ब वन बराबरको आर्थिक क्षति हुन सक्ने बताउनुभएको छ ।

सामसुङ इलेक्ट्रोनिक्स विश्वकै अग्रणी स्मार्टफोन, उपभोक्ता इलेक्ट्रोनिक्स तथा सेमिकन्डक्टर उत्पादकमध्ये एक हो । SK Hynix सँग मिलेर कम्पनीले विश्वको झन्डै दुई–तिहाइ मेमोरी चिप उत्पादन नियन्त्रण गर्दै आएको छ । एआई प्रविधिको विस्तारसँगै यी चिपहरूको माग तीव्र रूपमा बढिरहेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरी–मार्च त्रैमासिकमा सञ्चालन नाफा आठ गुणा बढेर ५७२ खर्ब वन पुगेको छ । यही नाफाको आधारमा कर्मचारीलाई बढी लाभांश र बोनस दिनुपर्ने माग युनियनले राखेको हो ।

युनियनले वार्षिक सञ्चालन नाफाको १५ प्रतिशत बोनसका रूपमा छुट्याउनुपर्ने तथा हाल लागू ५० प्रतिशत तलब सीमाको बोनस क्याप हटाउनुपर्ने माग गरेको छ । तर कम्पनीले सेमिकन्डक्टर उद्योगको अस्थिर प्रकृतिका कारण यस्तो व्यवस्था व्यावहारिक नभएको दाबी गरेको छ ।

यसैबीच सुवन जिल्ला अदालतले कम्पनीको अनुरोधमा आंशिक आदेश जारी गर्दै हडतालका क्रममा निश्चित कर्मचारी सङ्ख्या कार्यस्थलमा कायम राख्नुपर्ने जनाएको छ । अदालतले प्रमुख उत्पादन केन्द्र र कार्यालयहरू कब्जा गर्नसमेत रोक लगाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  २ : २२ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण