सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली « Khabarhub

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् ।

कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उनले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गरे । उनले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरू समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सबैलाई समेटेर अघि बढिने उल्लेख गरे । 

पराजुलीले पार्टीभित्रका नेताहरूमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफूहरू नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको धारणा राखे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ५ : १३ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका