बेलायतद्वारा वैदेशिक सहायता बजेटमा भारी कटौती, पाकिस्तान र मोजाम्बिक सबैभन्दा बढी प्रभावित « Khabarhub

बेलायतद्वारा वैदेशिक सहायता बजेटमा भारी कटौती, पाकिस्तान र मोजाम्बिक सबैभन्दा बढी प्रभावित


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले आफ्नो वैदेशिक सहायता बजेटमा ६ अर्ब डलरभन्दा बढीको भारी कटौती गर्ने घोषणा गरेको छ । यस निर्णयसँगै सन् २०२७ सम्ममा बेलायतको विकास सहायता खर्च कुल राष्ट्रिय आम्दानीको शून्य दशमलव ५ प्रतिशतबाट घटेर शून्य दशमलव ३ प्रतिशतमा झर्नेछ ।

कोरोना महामारीअघि यो सहयोग रकम शून्य दशमलव ७ प्रतिशत रहेको थियो । युक्रेन युद्ध र अन्य विश्वव्यापी सुरक्षा खतरालाई ध्यानमा राख्दै रक्षा बजेट बढाउनका लागि वैदेशिक सहायतामा कटौती गर्नुपरेको ब्रिटेनका विदेशमन्त्री इभेट कुपरले संसदमा जानकारी दिएकी छिन् । देशको राष्ट्रिय सुरक्षा सरकारको पहिलो कर्तव्य भएको भन्दै उनले यो कठिन तर अनिवार्य निर्णय लिनुपरेको प्रस्ट पारिन् ।

यस कटौतीको सबैभन्दा ठूलो असर द्विपक्षीय सहायता सम्झौताहरूमा पर्ने देखिएको छ, जसमा पाकिस्तान र मोजाम्बिक सबैभन्दा बढी मारमा पर्नेछन् । यी दुई देशले पाउँदै आएको प्रत्यक्ष अनुदान रकममा ठूलो गिरावट आउनेछ । यसका साथै यमन, सोमालिया र अफगानिस्तानले पाउने सहायतामा पनि कटौती हुनेछ । अनुदान कटौती गरे पनि बेलायतले अब लगानीका लागि साझेदारी बढाउने रणनीति लिएको छ, जसका माध्यमबाट विकासोन्मुख देशहरूलाई निजी क्षेत्रबाट कोष जुटाउन वा प्राविधिक विशेषज्ञता प्राप्त गर्न सहयोग पुग्नेछ ।

पोलियो जस्ता संक्रामक रोगहरू विरुद्धको लडाइँ कमजोर हुने चिन्ताका बीच विदेशमन्त्री कुपरले ‘गाभी’ जस्ता बहुपक्षीय खोप संगठनहरूले अब यी कामको थप जिम्मेवारी लिनुपर्ने बताएकी छिन् । बजेट घटेपनि बेलायत विश्वकै पाँचौँ ठूलो सहायता दाता मुलुकका रूपमा रहने र सन् २०२७ को जी-२० शिखर सम्मेलनको अध्यक्षतामार्फत विश्वव्यापी विकासको एजेन्डालाई अघि बढाउन नेतृत्वदायी भूमिका खेलिरहने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ६ : ५९ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत