भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी « Khabarhub

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

मन्त्री बादीले आज भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिएकी हुन् ।

उनले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा सञ्चालनको अवस्था, आम्दानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेको लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएकी थिइन् ।

राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भृकुटीमण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ११ : ५२ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक