नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार « Khabarhub

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार थालेको छ । 

नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलङ्काको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो।

सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि प्रिक्साका सीईओ शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । 

उनका अनुसार यो सहकार्य व्यवसाय विस्तारमा मात्र सीमित नभई नेपाल र श्रीलङ्काबीच प्रविधिको बलियो इकोसिस्टम निर्माण गर्नसमेत सहयोगी बन्नेछ ।

सम्झौतासँगै टिङटिङले श्रीलङ्काली बजारमा आफ्ना विभिन्न डिजिटल सञ्चारसम्बन्धी उत्पादन उपलब्ध गराउन थालेको छ । 

कम्पनीको एकीकृत ‘टिङटिङ कम्युनिकेसन सुइट’अन्तर्गत ‘कनेक्ट’, ‘ओम्नी’, ‘ब्रोडकास्ट’ र ‘एजेन्ट’ गरी चार प्रमुख उत्पादन सञ्चालनमा छन्।

‘टिङटिङ कनेक्ट’ संस्थाको आफ्नै पूर्वाधारमा जडान गर्न सकिने प्रणाली हो । 

‘द बक्स’ नामक अन-प्रिमाइस उपकरणमार्फत संस्थाको डेटा आफ्नै पूर्वाधारभित्र सुरक्षित राखेर सेवा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, ‘टिङटिङ ओम्नी’ले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न डिजिटल माध्यमबाट आउने ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्छ।

‘टिङटिङ ब्रोडकास्ट’मार्फत हजारौँ ग्राहकलाई एकैपटक स्वचालित भ्वाइस कलबाट सूचना तथा रिमाइन्डर पठाउन सकिन्छ । ‘टिङटिङ एजेन्ट्स’ले स्थानीय भाषामा ग्राहकसँग प्रत्यक्ष संवाद गर्न तथा आवश्यक परे मानव एजेन्टमा संवाद हस्तान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली भाषामा उपलब्ध यी सेवा अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत सञ्चालन भइरहेका छन्। श्रीलङ्काली बजारलाई लक्षित गर्दै कम्पनीले तमिल र सिंहली भाषाका लागि थप परिष्कृत भ्वाइस मोडल विकासमा समेत काम गरिरहेको जनाएको छ ।

नेपालमा सूचना प्रविधि तथा सफ्टवेयर निर्यातको सम्भावना बढिरहेका बेला श्रीलङ्काको ठूलो दूरसञ्चार कम्पनीसँग भएको यो सम्झौतालाई नेपाली टेक उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणासहित अघि बढिरहेको टिङटिङको अन्तर्राष्ट्रिय विस्तारले नेपाली प्रविधि कम्पनीले स्वदेशमै विकास गरेका उत्पादनलाई विदेशी बजारमा समेत प्रतिस्पर्धी बनाउन सक्ने सम्भावना देखाएको छ

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  २ : १६ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला