देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति « Khabarhub

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । 

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउँदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएकोका विषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो ।

इतरपक्षको गतिविधि सञ्चालन गर्न चुनदेवीमा खोलिएको कार्यालयमा पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सभापतिको हैसियतमा नेमप्लेट राखेपछि अनुशासन समितिको ध्यानाकर्षण भएको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले संस्थापनइतर समूहको कार्यालयमा राखिएको सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरेको बताए ।

पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आँच आउने गरी गलत आरोप र शब्दहरू प्रयोग गरिएकोमा समेत अनुशासन समितिले रेकर्ड सङ्कलन गरिरहेको उनले जानकारी दिए । 

संयोजक गुरुङले निर्वाचनका क्रममा भएका अनुशासनहीन गतिविधिहरूका सम्बन्धमा समितिमा हालसम्म प्राप्त ७५४ वटा निवेदन अनुसन्धानको क्रम जारी रहेको बताए । 

महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वडा अधिवेशन सुरु हुनु अगावै यसबारे उचित निर्णय गरिने उनको भनाइ छ । 

उनले असोज १६ देखि १९ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अगाडि बढाइएको जानकारी समेत दिए । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : ०२ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा