महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने  « Khabarhub

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति गठन गर्ने भएको छ  । 

 शुक्रबार पार्टी कार्यालय चमतिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। ११ समिति गठन गर्ने निर्णय भएकोमा आचार्यले अरु नेता थप्ने छन् । 

विधानको व्यवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना  जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गरेको छ । 

यही व्यवस्था अनुसार महामन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको हो। 

यो व्यवस्था अन्तर्गत कुनै पनि व्यक्तिको विवाद भएमा अथवा सार्वजनिक प्रश्न उठेमा भूमिकाहरू गम्भीर नभएमा फिर्ता बोलाउने व्यवस्था गरिएको छ तर एकपटकलाई सच्याउने मौका पनि दिइनेछ। 

 यही व्यवस्थामा टेकेर कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई यस अगाडि पार्टीले सचेत समेत गराइसकेको छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : ०१ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा