मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ « Khabarhub

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम, प्रदेश कार्यक्रम सहयोग ईकाई वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित यातायात व्यवस्था कार्यालय सुर्खेतको ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को मुख्यमन्त्री शाहीले शुभारम्भ गर्दै प्रदेश सरकारले अब नागरिकको सहज र पारदर्शिताका लागि अनलाइन सेवा गरिएको बताए  ।

‘अब पहुँच, भनसुन र शक्तिका भरमा कसैले काम गर्न पाउँदैन र विचौलिया प्रवृत्ति पनि अन्त्य भएर जानेछ,’ उनले भनु, ‘हरेक सेवाग्राहीहरूले टोकन प्रणालीबाट आफ्नो सेवा लिनेछन् । पछाडि आएकाले अगाडि घुस्न र लाइनमा बस्नुपर्ने छैन । सुर्खेतबाट आरम्भ गरिएको यो सेवा प्रदेशका अन्य जिल्ला कार्यालयमा विस्तार गरिनेछ ।’

सेवालाई प्रभावकारी, स्रोत सम्पन्न र दिगो बनाउने प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने मुख्यमन्त्री शाहीले बताए । 

कर्णाली प्रदेश सरकारका प्रमुखसचिव राधिका अर्यालले यातायात व्यवस्था कार्यालयबाट प्रवाह गरिने सेवालाई चुस्त र पारदर्शी बनाउन अनलाइन प्रणालीमा जोड दिइएको बताइन् । बदलिँदो युगसँगै नागरिक सेवालाई प्रविधिमैत्री बनाई यस्ता सिकाइ र अभ्यास अन्य कार्यालयमा पनि लागू गर्न आवश्यक रहेको उनका भनाइ थियो । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ प्रारम्भ गरिएको बताए । 

सेवालाई दिगोपन दिन र सेवाग्राहीलाई पनि नेटको पहुँचमा राखेर आफ्नो कामको बारेमा जानकारी लिन सहज हुने वातावरण तयार गरिने उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्यालयका सचिव लक्ष्मीकुमार विकले सेवाग्राहीलाई सन्तुष्ट गराउन सकिए मात्र सेवाको प्रभावकारिता बढेको तथा कार्यक्रम सफल छ भन्ने बुझिने जनाए । 

त्यसैगरी, यातायात व्यवस्था कार्यालय सर्खेतका कार्यालय प्रमुख मुकुन्दनाथ योगीले प्रदेश सरकारको नवप्रवर्तन र प्रविधिमैत्री औजारको प्रयोगबाट सुशासन र व्यवस्थापन गरिने भन्ने नीतिलाई सुरुमा यातायात कार्यालयले लागू गरेको जिकिर गरे । 

सुशासनका लागि लामो समयदेखि काम गर्दै आएको कार्यालयले सेवाग्राहीका गुनासो अब धेरै सुन्न नपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : ३३ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा