राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ « Khabarhub

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् । 

सभाको आजको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताए  ।

 नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले सेयर बजारमा पुँजी पलायन हुने समस्या देखिएको बताए । 

उनले भने,’शेयरबजार बढ्ने समयमा उल्टै ओरालो लाग्नु सोचनीय विषय हो । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का सांसद रुक्मिणी कोइरालाले संविधान जारी भएको १० वर्ष भइसक्दा पनि संविधानबमोजिम तीन वर्षभित्र बन्नुपर्ने कानुन बन्न नसकेको टिप्पणी गरिन् । 

उनले सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन नगर्दा अहिले समस्या देखिरहेको बताइन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब ७० हजार नागरिक वैदेशिक रोजगारीका लागि बिदेसिएको उल्लेख गर्दै बाध्यताले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले विश्वविद्यालय सुधारको आवश्यकता औँल्याउँदै स्वायत्त विश्वविद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताए । 

विश्वविद्यालयमा हुने नियुक्तिमा ‘मेरिटोक्रेसी’ कायम गर्दै पारदर्शिता र संस्थागत विश्वसनीयता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले देशभर बाढीपहिरोबाट विस्थापित नागरिकको पुनः स्थापना तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । 

उनले बागमती प्रदेश कृषि, पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना बोकेकाले प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

एमालेका सांसद रेखाकुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्त्वपूर्ण अधिकार सङ्घीय सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् । 

प्रदेश सरकारलाई जिम्मेवारी दिए पनि प्रशासनिक, आर्थिक अधिकार खुम्चिएकाले केन्द्रीय सरकारमै निर्भर हुनुपर्ने विडम्बना रहेको उनले सुनाइन् । 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ४ : २० बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा