राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन « Khabarhub

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले त्यसबारे स्पष्टीकरण दिएका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफू ‘सुतुवा मन्त्री’ नभएको दाबी गर्दै हरेक दिन बिहान ६ बजे उठेर बिहान ७ बजेदेखि राति ११ बजेसम्म मन्त्रालयको कार्यालयमा काम गर्ने बताएका छन्। आफूले अहिलेसम्म कहिल्यै छुट्टी नमनाएको र आगामी दिनमा पनि नमनाउने उनको भनाइ छ ।

उनले राष्ट्रिय सभाको बैठकमा आफू केही समय झपक्क निदाएको स्वीकार गरेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले आफ्नो निदाएको भिडियो भाइरल बनाएर ‘अल्छी मन्त्री’, ‘काम नगर्ने मन्त्री’ लगायतका टिप्पणी गरेको भन्दै उनले व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् ।

‘भिडियो भाइरल बनाउने र गाली गर्ने सबैलाई धन्यवाद’ भन्दै उनले आफूले पनि ‘पैसा कमाउनुपर्‍यो’ भन्दै निदाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको उल्लेख गरेका छन् ।

मन्त्रीका अनुसार राष्ट्रिय सभा बैठक बस्ने हलमा एसी नभएकाले निकै गर्मी हुने गरेको छ। त्यही गर्मीका कारण आफ्नो आँखा झपक्क भएको उनको स्पष्टीकरण छ ।

उनले आफूले ढाँटेको नभई गर्मीका कारण निदाएको भन्दै सामाजिक सञ्जालमा फैलिएको आलोचनालाई व्यंग्यात्मक रूपमा खण्डन गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ८ : ३३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार