केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली « Khabarhub

केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ १० गते रसुवामा गएको बाढीका क्रममा बागमती प्रदेश सरकार र स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले विपद्का बेला बागमती प्रदेश सरकार र स्थानीय तहले महत्त्वपूर्ण काम गरेको बताए । उनले केन्द्र सरकारले गर्नुपर्ने केही महत्त्वपूर्ण काम भने गर्न नसकेको उल्लेख गरे ।

‘बागमती प्रदेश सरकार र स्थानीय सरकारलाई म धन्यवाद दिन चाहन्छु । किनभने बेली ब्रिजलगायतका काम केन्द्र सरकारले राख्यो भनेर भ्रम फैलाइयो, एआईको फोटो जोडेर हालियो । तर, बागमती प्रदेश सरकारले एक जिल्लाबाट अर्को जिल्लामा विपद्का कारण भएको क्षतिलाई जोड्ने काम गरेको छ,’ ओलीले भने ।

उनले विपद्का बेला स्थानीय सरकारको भूमिकाको पनि प्रशंसा गरे । 

‘स्थानीय सरकारको पनि म प्रशंसा गर्न चाहन्छु । पालिका उपाध्यक्ष नै हराइरहेको बेलामा पनि स्थानीय सरकारले विपद्को बेला प्रशंसनीय काम गरेको छ । हाम्रा एमालेका नेता–कार्यकर्ताले पनि उत्तिकै खट्नुभयो,’ ओलीले भने ।

भदौ १० गते रसुवामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुईजना वडाध्यक्ष अझै बेपत्ता छन् । बाढीपछि जिल्लाका थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेका छन् । सरकारले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ५४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष