कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए « Khabarhub

कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै बेला केपी शर्मा ओलीका कडा समर्थक कृष्णगोपाल श्रेष्ठ अहिले विरोधी कित्तामा छन्। काठमाडौंमा गत मंसिरमा भएको ११ औँ महाधिवेशनमा उनले ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिए तर जित्न सकेनन्।

कुनै बेला ओलीका ‘डाई हार्ड फ्यान’ उनै कृष्णगोपाल ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य भने । कुनै समय सार्वजनिक रुपमै ओलीको बचाउमा खुलेर उत्रिने श्रेष्ठ अहिले धेरै पर पुगिसकेका छन्।

२०७८ सालमा शिक्षामन्त्री भएका बेला उनले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको गुणगाण गर्दै पेलेको संज्ञा दिएका थिए । उनले त्यसबेला भनेका थिए, ‘केपी ओलीलाई हटाउने कोही माइकालाल छ ?’

उनले त्यसबेला केपी ओली इज केपी ओलीसम्म भने । ‘केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो’, उनले भनेका थिए ।

तर श्रेष्ठले ११औँ महाधिवेशनमा ओली समूह छाडेर पोखरेल समूह समाते। सचिवमा उम्मेदवारी दिए पनि जित निकालेनन्। अहिले उनै कृष्णगोपाल र ओलीबीच भनाभनको अवस्था भएको छ।

सोमबार ललितपुरको भनिममण्डलमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनै कृष्णगोपाल श्रेष्ठ ओलीसँग झोँक्किए । उनले उठेर आफ्नो भनाइ राखिरहेका थिए । तर महासचिव शंकर पोखरेललाई समेत नदिई आफैं बैठक चलाइरहेका ओलीले पूरा बोलिनसक्दै बस्न निर्देशन दिएपछि कृष्णगोपालले विरोध जनाए । उनले हलमै आक्रोश पोखे।

बैठकमा खासगरी ओलीको प्रवृत्ति र पार्टीको नेतृत्वबारे कडा शब्दसहित आलोचनात्मक भनाइ राखेका थिए । तर आफ्नो आलोचना गर्न थालेपछि ओलीले कृष्णगोपाललाई रोक्न खोजे । ओलीले पूर्वमन्त्रीसमेत रहेका उनलाई भने, ‘तपाईंको समय सकियो, बस्नुस् ।’

ओलीले निर्देशन दिए पनि श्रेष्ठले उभिएर नेतृत्वप्रति आक्रोशपूर्ण मन्तव्य दिइरहे । ओलीले भन्दा नमानेपछि उनलाई स्वयम्सेवकहरूले बस्न दबाब दिए । तर उनले स्वयम्सेवकसँग पनि झोंक पोखे। श्रेष्ठले बैठकमा बोल्न नदिएको भन्दै आपत्ति जनाए।

मलाई बस् भन्ने तिमीहरू को हौ ? बैठकमा पनि हामी बोल्न नपाउने, हाम्रा कुरा राख्न नपाउने ?’, ओलीसँग नोकझोंकपछि उनले स्वयम्सेवकलाई पनि यसरी आक्रोश पोखेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : १३ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको