बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर « Khabarhub

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास गरेका चालक २५ वर्षीय दावा लामाको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीले बसबाट झिकेर उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका दावाको ९० प्रतिशत शरीरको भाग जलेको पाइएको छ। दावा ललितपुरको बागमती नगरपालिका-७ निवासी हुन् ।

कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवम् सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीले चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेर अवस्था गम्भीर रहेको बताएका छन्।

बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक लामाले सोमबार त्रिपुरेश्वरमा आफूभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका थिए । यात्रु नरहेको बसभित्र आफूलाई थुनेर गरिएको आत्मदाह प्रयासका कारण उनी चिन्ताजनक अवस्थामा पुगेका हुन्।

चालक लामाले आफ्नै बसभित्र किन आत्मदाह प्रयास गरे भन्ने खुलेको छैन। जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान छ। तर प्रहरीले यसबारे ठोस धारणा दिएको छैन।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिएका छन्।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले घटनाको कारण, बसमा आगजनी गर्नुको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ३६ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह