चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो « Khabarhub

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि राहदानी वितरण कार्य रोकिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडिको सडकमा भएको बस आगलागीका कारण विभागको राहदानी छपाई तथा वितरण कार्य प्रभावित भएको हो ।

आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएपछि राहदानी छपाई र वितरणमा कठिनाई उत्पन्न भएको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले जरुरी सूचना जारी गर्दै आवेदन दिइसकेका सेवाग्राहीहरूलाई धैर्यधारण गरी सहयोग गरिदिन आग्रह गरेको छ।

प्राविधिक समस्याका कारण वितरणमा बाधा पुगे पनि राहदानी आवेदन संकलन कार्य भने पूर्ववत् रूपमै सुचारु रहने विभागले स्पष्ट पारेको छ। उत्पन्न समस्याको समाधान हुनासाथ राहदानी वितरण सेवा पुनः नियमित हुने राहदानी विभाग, त्रिपुरेश्वरले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : २६ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको